अनारको मूल्य ३० रुपैयाँले घट्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अनारको मूल्य घटेको छ । अनारको मूल्य ३० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम ३५० रुपैयाँमा कारोबार भइरहेको छ । भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ७० रुपैयाँ, सानो गोलभेडा […]

Nov 26, 2024 - 05:53
 0
अनारको मूल्य ३० रुपैयाँले घट्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अनारको मूल्य घटेको छ । अनारको मूल्य ३० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ७० रुपैयाँ, सानो गोलभेडा (टनेल) ८० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ र भारतीय रातो आलु ६० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, लोकल गाजर १८० रुपैयाँ, तराई गाजर १६० रुपैयाँ, बन्दा लोकल ९० रुपैयाँ, बन्दा तराई ८० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल ४० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी १३०, मकै बोडी ६०, घिउ सिमी लोकल १३०, टाटे सिमी १३०, मटरकोशा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ७०, लोकल परवर ९० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ६०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ५०, भिण्डी ९०, सखरखण्ड ९०, बरेला ६०, पिंडालू ६०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० र तोरीको साग ५० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ र चमसूरको साग १२० रुपैयाँमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १००, बकूला १४०, कन्य च्याउ १५०, डल्ले च्याउ २३०, राजा च्याउ २८०, रुख टमाटर १५०, कुरिलो ११००, ब्रोकाउली १२०, चुकन्दर ११०, जिरीको साग ९०, सेलेरी ५००, पार्सले १५००, पुदिना ६००, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २८०, अदुवा १००, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ५०, खर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (अकबरे) २५०, भेडे खुर्सानी ८०, हरियो लसुन २५०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन ३५०, लसुन सुकेको नेपाली ३००, छ्यापी सुकेको १४० र छ्यापी हरियो १८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (फूजी) २८०, केरा (दर्जन) १५०, कागती १४०, अनार ३५०, अंगुर (कालो) ३८०, सुन्तला (भारतीय) ९०, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ११०, हाइब्रिड काक्रो ९०, निबुवा ४०, अम्बा १५०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ४०, लप्सी ४०, स्ट्रबेरी भुईऐसेलु ४००, शरीफा २००, किवि २००, आभोकाडो २०० र अमला ६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register