विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षिया मधु तिमल्सिना अधिकारी र ३२ वर्षिया गीता कुँवर रहेका छन् । उनीहरुले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै रकम ठगी गरेका थिए । पक्राउ परेकामध्ये मधु तिमल्सिना अधिकारीले तीन […]

Dec 10, 2024 - 12:03
 0
विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षिया मधु तिमल्सिना अधिकारी र ३२ वर्षिया गीता कुँवर रहेका छन् ।

उनीहरुले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै रकम ठगी गरेका थिए ।

पक्राउ परेकामध्ये मधु तिमल्सिना अधिकारीले तीन जनालाई रोमानिया पठाउने भन्दै ७ लाख रुपैयाँ र गीता कुँवरले ८ जनालाई युके पठाउने भन्दै १६ लाख ५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register