क्यानडा, मेक्सिको र चीनविरुद्ध कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन् । ट्रम्पले क्यानडाबाहेक अर्को छिमेकी देश मेक्सिकोका सबै उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । साथै, सबै चिनियाँ उत्पादनमा १० प्रतिशत कर लगाउने घोषणा गरेका […]

Nov 26, 2024 - 07:05
 0
क्यानडा, मेक्सिको र चीनविरुद्ध कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन् ।

ट्रम्पले क्यानडाबाहेक अर्को छिमेकी देश मेक्सिकोका सबै उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । साथै, सबै चिनियाँ उत्पादनमा १० प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले क्यानडा र मेक्सिकोविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागूऔषध रोक्न आवश्यक भएको बताएका छन् ।

जनवरी २० मा पदभार ग्रहण गर्ने बित्तिकै उनले क्यानडा, मेक्सिको र चीनविरुद्ध कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् ।

क्यानडा र अमेरिकासँग विश्वको सबैभन्दा लामो सिमाना छ र दुई देशबीचको व्यापार सम्बन्ध एक ट्रिलियन डलरभन्दा बढी छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पलाई विजयी भएलगत्तै बधाई दिए पनि दुई नेताबीचको सम्बन्धमा निकै तनाव देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register