लन्डनका युवा गायक अनिशको नयां गीत ‘तिमी छौ र पो म छु’ (भिडियो)

लन्डन । लामो समयदेखि लन्डनमा रहेका युवा गायक अनिश पाण्डेले क्रिसमस-अंग्रेजी नयां वर्षको अवसर पारेर नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक पाण्डेले शनिबार आफ्नै युट्यूब च्यानलमार्फत ‘तिमी छौ र पो म छु’ बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । पाण्डेले आफ्नो प्रेम र सम्बन्ध केन्द्रित गीतले दर्शक श्रोताको मन जित्ने विश्वास […]

Dec 29, 2024 - 13:02
 0
लन्डनका युवा गायक अनिशको नयां गीत ‘तिमी छौ र पो म छु’ (भिडियो)

निशु पौडेल

लन्डन । लामो समयदेखि लन्डनमा रहेका युवा गायक अनिश पाण्डेले क्रिसमस-अंग्रेजी नयां वर्षको अवसर पारेर नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक पाण्डेले शनिबार आफ्नै युट्यूब च्यानलमार्फत ‘तिमी छौ र पो म छु’ बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

पाण्डेले आफ्नो प्रेम र सम्बन्ध केन्द्रित गीतले दर्शक श्रोताको मन जित्ने विश्वास समेत गरेका छन् ।

उक्त गीतमा गायक पाण्डे र अर्का राष्ट्रिय गायक रूपक डोटेलको आवाज छ । गीतको रचना र संगीत पाण्डेकै हो । एरेञ्ज सञ्जीव बराइलीले गरेका छन्।

गायक पाण्डेले म्यूजिक भिडियोमा बेलायतका ह्विट्बी आबी, माम टोर, डनकास्टर जस्ता लोकेशनमा खिचिएका दृश्यहरू कैद गरिएको बताए ।

सुमन श्रेष्ठको निर्देशन र छायांकन रहेको उक्त म्यूजिक भिडियोमा अनिस, रूपक र निशु पौडेलको अभिनय छ । लन्डन बस्ने निशु फार्मेसिष्ट हुन् भने रूपक डोटेल ‘प्रसाद’ फिल्मको चर्चित ‘बनकी चरी…’ गीतका गायक हुन् । गीत स्ट्यानवेल स्टुडियो, लन्डनमा इञ्जिनियर मदन रेन म्याडीले रेकर्ड गरेका हुन् ।

गायक पाण्डेले यसअघि पनि कयौं राष्ट्रिय भावना र प्रेमले ओतप्रोत गीत बजारमा ल्याइसकेका छन् ।

गायक अनिश पाण्डे

गायकद्वयका साथ निर्देशक/छायांकार सुमन श्रेष्ठ (दायां)

भिडियोः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register