गैडाकोट हाफ म्याराथनको तयारी पुरा

नवलपरासी। पूर्वी नवलपरासीको गैंडाकोटमा हुने हाफ म्याराथन दोस्राे संस्करणको तयारी पूरा भएको छ । आयोजक संस्था विजय फाउन्डेसन नेपालले पुष १५ गते सोमबारका दिन आयोजना हुने गैडाकोट हाफ म्याराथन २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । म्याराथनका लागि स्थानीय गैडाकोट नगरपालिको गैडाकोट स्थित विजय सामुदायिक शिक्षा सदनलाई प्रस्थान बिन्दु बनाई २१ किमी लामो […]

Dec 29, 2024 - 15:17
 0
गैडाकोट हाफ म्याराथनको तयारी पुरा

नवलपरासी।


पूर्वी नवलपरासीको गैंडाकोटमा हुने हाफ म्याराथन दोस्राे संस्करणको तयारी पूरा भएको छ । आयोजक संस्था विजय फाउन्डेसन नेपालले पुष १५ गते सोमबारका दिन आयोजना हुने गैडाकोट हाफ म्याराथन २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।


म्याराथनका लागि स्थानीय गैडाकोट नगरपालिको गैडाकोट स्थित विजय सामुदायिक शिक्षा सदनलाई प्रस्थान बिन्दु बनाई २१ किमी लामो दुरी मापन गरिएको छ ।

एक्काइस किमि म्याराथन तर्फ महिला पुरूष गरि २ सय ५० र बालबालिकाको ५ किमि लामो म्याराथनमा पनि सोही संख्यामा सहभागीले नाम टिपाएको फाउन्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले बताए ।
म्याराथनमा प्रथम हुने धावकले १ लाख रूपैयाँ हात पार्नेछन् । त्यसरी नै द्वितीय तृतीयका लागि क्रमश ५० र २५ हजार नगद प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।


दौडमा उत्कृष्ट हुने ५ जनालाई जनही ५ हजार र हाफ म्याराथन प्रथम महिला २५ हजार,द्वितीय १५ हजार तथा तृतीयलाई १० हजार नगद पुरस्काको व्यवस्था रहेको छ । बालबालिका तर्फको म्याराथनमा प्रथम द्वितीय र तृतीयलाई १० हजार ५ हजार र ३ हजार नगद पुरस्कारको घोषणा गरिएको छ ।

गैडाकोट क्षेत्रलाई दौडका माध्यमले विश्वसामु चिनाउने उद्देश्य सहित वर्षेनी संचालन हुने म्याराथनका लागि गैडाकोट नगरपालिका,बिजय परिवार र लामिनार कजारिया टायल सहयोगी तथा बैकुण्ठ मानन्धर स्पोर्टस क्लबको प्राबिधिक सहयोग रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register