चौधरी ग्रुपमा लागेको ताला खुल्यो

नवलपरासी।  विगत केही दिन देखि पूर्वी नवलपरासीकाे दुम्काैली स्थित चौधरी ग्रुप अफ ईन्डष्ट्रियल पार्कमा लागेको ताला मंगलबार खुलेको छ। स्थानीय,वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समिति र चौधरी ग्रुप अफ ईन्डष्ट्रियल पार्कका बीच भएको सहमति पछि उद्योग ग्रामको मूल गेटमा लागेको ताला खुलेको हो । उद्योग र स्थानीय बीच भएको छ बुँदे सहमति अनुसार अब उप्रान्त उद्योगले […]

Nov 26, 2024 - 15:52
 0
चौधरी ग्रुपमा लागेको ताला खुल्यो

नवलपरासी। 

विगत केही दिन देखि पूर्वी नवलपरासीकाे दुम्काैली स्थित चौधरी ग्रुप अफ ईन्डष्ट्रियल पार्कमा लागेको ताला मंगलबार खुलेको छ।

स्थानीय,वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समिति र चौधरी ग्रुप अफ ईन्डष्ट्रियल पार्कका बीच भएको सहमति पछि उद्योग ग्रामको मूल गेटमा लागेको ताला खुलेको हो ।

उद्योग र स्थानीय बीच भएको छ बुँदे सहमति अनुसार अब उप्रान्त उद्योगले आफ्नो भुसे व्वायलरलाई प्रदूषण नियन्त्रणकाे मापदण्ड भित्र राखेर मात्र सञ्चालन गर्नु पर्ने छ ।

व्वायलर बिग्रेमा स्थानीय स्तरमा प्रदूषण फैलन नदिन नयाँ व्वायलर जडान गर्नु पर्ने,उद्योग ग्राम भित्र संचालित ईटिपी प्लान्टकाे छमता बढाई १५ सय केएलडी बनाईनु पर्ने कुरा उद्योगले सहमति गरेको छ ।

त्यसै गरी  उद्योग परिसरबाट निस्कने दुर्गन्धित पानीकाे निकासलाई पाइप लगाई राजमार्गको पक्की नाला कटाउनु पर्ने सहमतिमा उल्लेख छ ।

सिएसआरकाे रकम वाड सिफारिसकाे याेजना मुताबिक कार्यान्वयन गरिनु पर्ने सहमति भएको छ ।

उद्योगले स्थानीय स्तरमा बारम्बार प्रदूषण गरी  रहने र नियन्त्रणबारे चासो नदिने गरे पछि आजित बनेका देवचुली २ का जनताले सहमति कार्यान्वयनका लागि अनुगमन समिति पनि बनाएका छन् ।

सहमतिकै बुँदामा संलग्न गरेर गठित अनुगमन समितिमा जिल्ला प्रशासन,जिसस,वन तथा उद्योग कार्यालयका प्रतिनिधि,स्थानीय सङ्घर्ष समिति,वडा एवं टोल सुधार समितिका प्रतिनिधिले मासिक रूपमा प्रदूषणबारे अनुगमन गर्ने सहमतिमा उल्लेख छ ।

सहमति पत्रमा वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्मा र चौधरी ग्रुप व्यवस्थापनको तर्फबाट वरिष्ठ  महाप्रबन्धक रामकाजी सिटौलाले हस्ताक्षर गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register