शरणार्थी प्रकरण : आज खाणको तर्फबाट थुनछेक बहस

Jun 13, 2023 - 05:04
 0
शरणार्थी प्रकरण : आज खाणको तर्फबाट थुनछेक बहस
शरणार्थी प्रकरण : आज खाणको तर्फबाट थुनछेक बहस

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणको तर्फबाट आज थुनछेक बहस हुनेछ । खाणको तर्फबाट कानुन व्यवसायीले आज बहस गर्नेछन् । 

अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको आज छैटौँ दिन हो । आजसम्म थुनछेक बहस सक्न न्यायाधीशले आग्रह गरेका छन् । तर, ६ जना अभियुक्तको तर्फबाट बहस गर्न बाँकी रहेकाले आजै थुनछेक बहस सकिने सम्भावना न्यून छ । 

खाणसहित शमशेर मिया, टेकनाथ रिजाल, आङटावा शेर्पालगायतको थुनछेक बहस बाँकी छ । कानुन व्यवसायीले आफ्नो पक्षको प्रतिरक्षा गर्दै बहस गरेका छन् । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा ३० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1