राष्ट्रसंघ र अमेरिकाले गरे इजरायल र हिजबुल्लाहबीच भएको युद्धविराम सहमतिको स्वागत

काठमाडौं । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघ र अमेरिकाले स्वागत गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्वागत गर्दै दुबै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले यसलाई सकारात्मक समाचार भन्दै गाजा युद्धमा युद्धविरामका लागि फेरि एकपटक पहल गर्ने आश्वासन दिएको […]

Nov 27, 2024 - 03:23
 0
राष्ट्रसंघ र अमेरिकाले गरे इजरायल र हिजबुल्लाहबीच भएको युद्धविराम सहमतिको स्वागत

काठमाडौं । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघ र अमेरिकाले स्वागत गरेका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्वागत गर्दै दुबै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यसलाई सकारात्मक समाचार भन्दै गाजा युद्धमा युद्धविरामका लागि फेरि एकपटक पहल गर्ने आश्वासन दिएको एपीले जनाएको छ ।

इजरायल र हिजबुल्लाहबीच मंगलबार राति युद्धविराम गर्ने सहमति भएको हो । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो ।

तर मंगलबार इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै १४ महिना लामो लडाइँपछि युद्धविराम सम्झौतामा सहमति भएको हो ।

सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ । यस्तै हिजबुल्लाहले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्नेछ ।

युद्धविराम स्थानीय समयअनुसार बुधबार बिहान ४ बजे लागू भएको छ ।

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति, सम्झौता उल्लङ्घन गरे आक्रमण गर्ने नेतन्याहुको चेतावनी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register