सरकारले एक लाख भूमिहीनलाई लालपूर्जा दिने

झापा, १७ पुस । सरकारले आगामी एक वर्षभित्र करिब एक लाख भूमिहीनलाई लाल पुर्जा वितरण गर्ने जनाएको छ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तत्काल ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोग गठन गरेर भूमि वितरणको काम अघि बढाइने बताउनुभयो । [...] The post सरकारले एक लाख भूमिहीनलाई लालपूर्जा दिने appeared first on Jhapa Online.

Jan 1, 2025 - 14:12
 0
सरकारले एक लाख भूमिहीनलाई लालपूर्जा दिने

झापा, १७ पुस । सरकारले आगामी एक वर्षभित्र करिब एक लाख भूमिहीनलाई लाल पुर्जा वितरण गर्ने जनाएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तत्काल ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोग गठन गरेर भूमि वितरणको काम अघि बढाइने बताउनुभयो ।

आयोगले निवेदनका आधारमा फरक फरक कार्यविधि बनाएर सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने गरी सरकारले काम थालेको मन्त्री अधिकारीले बैठकलाई जानकारी गराउनुभयो ।

एक हजार भन्दा कम निवेदन परेका जिल्लामा एक वर्ष कार्यावधि, पाँच हजारसम्म निवेदन परेका जिल्लाको २ वर्ष र पाँच हजारभन्दा बढी उजुरी परेका जिल्लाका आयोगका पदाधिकारीको समयावधि ३ वर्ष रहने गरी आयोग गठन गर्न लागिएको मन्त्री अधिकारीले स्पष्ट पार्नुभयो ।

मन्त्री अधिकारीले विगतका भूमिसम्बन्धी आयोगले गरेका राम्रा कामलाई निरन्तरता दिँदै तराईका भूमिहीनलाई अधिकतम् पाँच कठ्ठा र पहाडका भूमिहीनलाई साँढे तीन रोपनी जग्गा प्रदान गरिने जानकारी गराउनुभयो । बैठकमा भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य डाक्टर जगत बस्नेतले आयोगमा १० लाखभन्दा बढीको निवेदन परेको र त्यसको थप अध्ययन गरेर भूमिहीनलाई निश्चित मापदण्डका आधारमा जग्गा वितरण गरिने बताउनुभयो ।

The post सरकारले एक लाख भूमिहीनलाई लालपूर्जा दिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register