राष्ट्र बैंकको कारवाहीमाथि सेयर खेलाडीको ‘च्यालेन्ज’, समस्याउन्मुख कर्णाली डेभलपमेन्ट बैंकमा ‘पोजेटिभ सर्किट’ ! 

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गरेको कारवाहीलाई सेयर खेलाडीले च्यालेन्ज गर्दा कारवाहीको भोलिपल्टै सो बैंकको सेयर मूल्यमा ‘पोजेटिभ सर्किट’ लागेको छ । कारवाही भोगेको पहिलो दिन सेयर मूल्यमा गिरावट आए पनि दोस्रो दिन भने पैसावाल खेलाडीहरुले ठूलो परिमाणको कित्ता ‘बाई’ राख्दै सेलमा आएका केही कित्ताहरु खाइदिएपछि कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।  […]

Nov 27, 2024 - 10:29
 0
राष्ट्र बैंकको कारवाहीमाथि सेयर खेलाडीको ‘च्यालेन्ज’, समस्याउन्मुख कर्णाली डेभलपमेन्ट बैंकमा ‘पोजेटिभ सर्किट’ ! 

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गरेको कारवाहीलाई सेयर खेलाडीले च्यालेन्ज गर्दा कारवाहीको भोलिपल्टै सो बैंकको सेयर मूल्यमा ‘पोजेटिभ सर्किट’ लागेको छ ।

कारवाही भोगेको पहिलो दिन सेयर मूल्यमा गिरावट आए पनि दोस्रो दिन भने पैसावाल खेलाडीहरुले ठूलो परिमाणको कित्ता ‘बाई’ राख्दै सेलमा आएका केही कित्ताहरु खाइदिएपछि कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको हो । 

मंगलबार मात्रै राष्ट्र बैंकले कर्णालीलाई कारवाही गर्दै सम्पूर्ण वित्तीय कारोबार रोक्का गरेको थियो । वित्तीय कारोबार रोक्का भएपछि सेयर मूल्य निकै कममा आउने संकेत देखिएका बेला ठूला सेयर खेलाडीहले ठूलै परिमाणको बाई राखेर कम्पनीको मूल्यमा उल्टै उछाल ल्याइदिएका हुन् ।

राष्ट्र बैंकले कर्णालीलाई सुध्रन भन्दै ६ महिनाको समय दिएको छ । र यो कम्पनीमा सबैभन्दा ठूलो चलखेल पनि यही ६ महिनाभित्र हुने जानकारहरु बताउँछन् । ‘लो क्याप’ कम्पनी भएकाले यो कम्पनीको सेयर मूल्य उचाल्न केही सेयर खेलाडी वा ठूलो परिमाणमा पैसा भएका केही खेलाडी पनि काफी हुन्छ ।

यता सो कम्पनीलाई डिलिष्ट गर्नुपर्ने आवाजसमेत उठिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register