माओवादी केन्द्रको बैठकमा नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्नेमा जोड

झापा, २३ पुस । नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय कमिटीको आजको बैठकमा धारणा राख्ने सदस्यहरुले प्रष्ट विचार र स्पष्ट राजनीतिक दृष्टिकोणसहित अगाडि बढ्नुपर्ने, नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने अध्यक्षसहित सबै नेता कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्ने जस्ता धारणा राख्नुभएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्नुहुने सदस्यहरुले नेताको उच्च नैतिक [...] The post माओवादी केन्द्रको बैठकमा नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्नेमा जोड appeared first on Jhapa Online.

Jan 7, 2025 - 01:51
 0
माओवादी केन्द्रको बैठकमा नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्नेमा जोड

झापा, २३ पुस । नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय कमिटीको आजको बैठकमा धारणा राख्ने सदस्यहरुले प्रष्ट विचार र स्पष्ट राजनीतिक दृष्टिकोणसहित अगाडि बढ्नुपर्ने, नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने अध्यक्षसहित सबै नेता कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्ने जस्ता धारणा राख्नुभएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्नुहुने सदस्यहरुले नेताको उच्च नैतिक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्ने, दण्डहीनताको अन्त्य गर्नुपर्ने, पार्टीलाई एकताबद्ध बनाएर पार्टीको सबलीकरणमा लाग्नुपर्ने, सदनलाई प्रभावकारी बनाउनुपर्ने सदन छिटो आह्वान गर्न दबाब सिर्जना गर्नुपर्ने लगायतका विचारहरू राख्नुभएको जानकारी दिनुभयो ।

प्रवक्ता सापकोटाले महाधिवेशनमा सबैको सहमति देखिएको तर केहीले तत्काल मिति तोक्नुपर्नेमा जोड दिनुभएको र केहीले अभियानमा गएर आएपछि मात्रै मिति तोक्नुपर्ने मत राख्नुभएको जानकारी दिनुभयो । माओवादी केन्द्रले पार्टीलाई सबल बनाउन जनताको बिचमा जाने गरी विभिन्न अभियानहरू चलाउने तयारी गरेको छ ।

प्रवक्ता सापकोटाले सदनको छिटो आह्वान गर्नको लागि अन्य पार्टीसँग पनि छलफल गरेर अघि बढ्नुपर्ने कुरा नेताहरूले राख्नुभएको बताउनुभयो । माओवादी केन्द्रको केन्द्रिय कमिटीको आजको बैठकमा ८० जनाले आफ्नो धारणा राख्नुभएको पार्टीले जनाएको छ ।

The post माओवादी केन्द्रको बैठकमा नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्नेमा जोड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register