काठमाडौंमा भूकम्पको झड्का, संखुवासभानजिकै तिब्बत केन्द्रविन्दु
काठमाडौं । काठमाडौंमा भूकम्पको झड्का लागेको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो । केही समयसम्म भूकम्पको कम्पन रहेकाे थियाे । यसले गर्दा काठमाडौं निवासी सडकमा निस्किएका छन् भने चराहरू उडेका छन् । कोशी प्रदेशको राजधानी विराटनगरलगायत पूर्वी क्षेत्रमा भूकम्पको बढी महसुस भएको बताइएको छ । साथै धादिङ, […]

काठमाडौं । काठमाडौंमा भूकम्पको झड्का लागेको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।
केही समयसम्म भूकम्पको कम्पन रहेकाे थियाे । यसले गर्दा काठमाडौं निवासी सडकमा निस्किएका छन् भने चराहरू उडेका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरलगायत पूर्वी क्षेत्रमा भूकम्पको बढी महसुस भएको बताइएको छ ।
साथै धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक मकवानपुर, बारालगायत जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
चीनको तिब्बत केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रविन्दु संखुवासभानजिकै परेको पाइएको छ ।
पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेको छ । यही पुस १९ गते मुगु र मनाङमा भूकम्प गएको थियो ।
What's Your Reaction?






