भूकम्प अपडेटः देशका विभिन्न स्थानमा पराकम्पको त्रास, मोफसलका बैंक शाखामा ‘हाई अलर्ट’  

काठमाडौँ । नेपाल-चीन सीमाना तिब्बतको दिंगे केन्द्रबिन्दु भएर गएको ७ रेक्टरको भूकम्पको धक्का नेपालका प्रायः ठाउँमा महसुस गरिएको छ । बिहान ६ः५० बजे गएको भूकम्पको धक्का पश्चिम नेपालदेखि पूर्वी नेपालसम्मका विभिन्न ठाउँमा महसुस गरिएको हो ।  २०७२ साल सम्झाउने गरी भूकम्पको धक्का महसुस गरिएपछि देशका विभिन्न ठाउँमा पराकम्पको त्रास फैलिएको छ ।  भूकम्पको ठूलो धक्का […]

Jan 7, 2025 - 02:32
 0
भूकम्प अपडेटः देशका विभिन्न स्थानमा पराकम्पको त्रास, मोफसलका बैंक शाखामा ‘हाई अलर्ट’  

काठमाडौँ । नेपाल-चीन सीमाना तिब्बतको दिंगे केन्द्रबिन्दु भएर गएको ७ रेक्टरको भूकम्पको धक्का नेपालका प्रायः ठाउँमा महसुस गरिएको छ । बिहान ६ः५० बजे गएको भूकम्पको धक्का पश्चिम नेपालदेखि पूर्वी नेपालसम्मका विभिन्न ठाउँमा महसुस गरिएको हो । 

२०७२ साल सम्झाउने गरी भूकम्पको धक्का महसुस गरिएपछि देशका विभिन्न ठाउँमा पराकम्पको त्रास फैलिएको छ । 

भूकम्पको ठूलो धक्का महसुस गर्ने बित्तिकै मानिसहरु घरबाट बाहिर निस्किएका थिए भने घना बस्नी भएको क्षेत्रमा भागाभाग नै भएको थियो । भूकम्पको ठूलो धक्कापछि काठमाडौँका कलेजहरुले बिहानी कलेज स्थगित गरेका छन् । 

सँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि मोफसलका शाखाहरुमा ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएका छन् । अझ खासगरी भूकम्पको केन्द्रबिन्दु मापन भएको क्षेत्र आसपासका क्षेत्रमा भएका बैंकका शाखाहरुमा उच्च सतर्कता अपनाउन भनिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register