‘बुलाकी’ बन्यो सर्वोत्कृष्ट फिल्म, कसले के अवार्ड जिते ?

काठमाडौं । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्रलाई सो अवार्ड प्रदान गरिएको हो । यस्तै, सर्वश्रेष्ठ निर्देशकको अवार्ड निश्चल बस्नेतलाई फिल्म ‘दिमाग खराब’का लागि प्रदान गरिएको छ । ‘प्रसाद २’ बाट विपिन कार्कीले सर्वश्रेष्ठ अभिनेता र […]

Nov 27, 2024 - 12:11
 0
‘बुलाकी’ बन्यो सर्वोत्कृष्ट फिल्म, कसले के अवार्ड जिते ?

काठमाडौं । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्रलाई सो अवार्ड प्रदान गरिएको हो ।

यस्तै, सर्वश्रेष्ठ निर्देशकको अवार्ड निश्चल बस्नेतलाई फिल्म ‘दिमाग खराब’का लागि प्रदान गरिएको छ । ‘प्रसाद २’ बाट विपिन कार्कीले सर्वश्रेष्ठ अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् ।

स्वस्तिमाले अर्को चलचित्र ‘टुल्की’ बाट निर्णायक समिति प्रोत्साहन पुरस्कार पनि प्राप्त गरिन् ।

पुरस्कार पाउने अन्य कलाकार-

उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ (महाजात्रा)

उत्कृष्ट छायाकारः शिव ढकाल (बुलाकी)

उत्कृष्ट लेखनः राजबहादुर साने (बुलाकी)

उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा (लिम्बू भाषा)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register