सूर्यदर्शन सहकारी ठगी प्रकरणः पूर्व डिआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआईजी छविलाल जोशीलाई पनि धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।  कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलाशले जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।  सोही प्रकरणमा अदालतले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको छ । बिहीबार […]

Jan 9, 2025 - 12:36
 0
सूर्यदर्शन सहकारी ठगी प्रकरणः पूर्व डिआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआईजी छविलाल जोशीलाई पनि धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । 

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलाशले जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश दिएको हो । 

सोही प्रकरणमा अदालतले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको छ । बिहीबार कास्की जिल्ला अदालतले रविलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । 

योसँगै अब अदालतले तोकेको धरौटी तिरेर रवि लामिछाने र छविलाल जोशी थुनामुक्त हुनेछन् भने उनीहरु दुवैजनाले तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register