कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माणमा ग्लोबल आईएमईको २० लाख सहयोग

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आईएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहबीच सहयोग हस्तान्तरण गरिन् । कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विद्युतीय शवदाह गर्नका लागि […]

Nov 27, 2024 - 15:35
 0
कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माणमा ग्लोबल आईएमईको २० लाख सहयोग

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ ।

ग्लोबल आईएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहबीच सहयोग हस्तान्तरण गरिन् ।

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विद्युतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका–११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरु भइरहेको कार्यबाहक नगर प्रमुख सुवेदीले बताए ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले बैंकको सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिइन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरू छनौट गरी काम गरिरहेको छ ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनि अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका २ विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register