थाइराइडले आँखामा पनि पार्छ गम्भीर असर

काठमाडौं । खराब जीवनशैली र अस्वस्थकर खानाले थाइराइड आजभोलि एक साझा समस्या जस्तै बनेको छ । थाइराइड घाँटीको तल्लो भागमा रहेको ग्रन्थि हो । जसले शरीरका धेरै गतिविधिलाई नियन्त्रण गर्ने काम गर्छ । थाइराइड ग्रन्थिबाट निस्कने हर्मोनलाई थायरोइड हर्मोन भनिन्छ । जब यो ग्रन्थि आवश्यकता भन्दा बढी वा कम हर्मोन उत्पादन गर्न थाल्छ, त्यसबेला व्यक्तिलाई […]

Dec 5, 2024 - 11:18
 0
थाइराइडले आँखामा पनि पार्छ गम्भीर असर

काठमाडौं । खराब जीवनशैली र अस्वस्थकर खानाले थाइराइड आजभोलि एक साझा समस्या जस्तै बनेको छ ।

थाइराइड घाँटीको तल्लो भागमा रहेको ग्रन्थि हो । जसले शरीरका धेरै गतिविधिलाई नियन्त्रण गर्ने काम गर्छ । थाइराइड ग्रन्थिबाट निस्कने हर्मोनलाई थायरोइड हर्मोन भनिन्छ । जब यो ग्रन्थि आवश्यकता भन्दा बढी वा कम हर्मोन उत्पादन गर्न थाल्छ, त्यसबेला व्यक्तिलाई थाइराइडसँग सम्बन्धित समस्या हुन्छ ।

साधरणतया मानिन्छ कि थाइराइडका कारण व्यक्तिमा थकान, तौल बढ्नु, चिसो सहन नसक्नु, रुखो छाला हुने , कपाल झर्नु, अवसाद र मुटु गति ढिलो हुने जस्ता लक्षणहरू देखापर्छ । तर, थाइराइडको नराम्रो असर व्यक्तिको आँखामा पनि पर्न सक्छ, यसबारे थप जानौँ ।

थाइराइडले आँखामा कस्तो नराम्रो असर पार्न सक्छ ?

थाइराइडसँग सम्बन्धित आँखाको समस्यालाई थाइराइड आँखाको रोग भनिन्छ । यो एक स्वप्रतिरक्षा रोग हो । यसमा शरीरको प्रतिरक्षा प्रणालीले आँखाको पछाडिको तन्तुहरूमाथि आक्रमण गर्छ, जसका कारण आँखा सुन्निने साथै विभिन्न किसिमका समस्याहरू उत्पन्न हुन्छ।

थाइराइडका कारण धेरै पटक सुक्खा आँखाको समस्या हुन सक्छ, जसबारे अधिकांश मानिसहरूलाई थाहै हुँदैन । थाइराइड हर्मोनले आँसु उत्पादनका लागि जिम्मेवार ल्याक्रिमल ग्रन्थिको कामकाजलाई प्रभावित गरेर आँखामा सुख्खापन, चिलाउने वा पोल्ने हुन सक्छ ।

मानिसहरूले यस समस्यालाई सामान्य ठान्दै बेवास्ता गर्छन् । परिणामस्वरूप, सजिलै नियन्त्रण हुन सक्ने यो समस्या आँखाको गम्भीर क्षतिको कारण बन्न सक्छ ।

प्रकाशप्रति संवेदनशीलता

थाइराइडसँग सम्बन्धित नेत्र विकारले प्रायः प्रकाशप्रति संवेदनशीलतामा वृद्धि गर्छन्, जसका कारण तीव्र प्रकाशमा दैनिक गतिविधिहरू गर्न असहज हुन्छ ।

आँखाहरू बाहिर निस्कने

थाइराइडका कारण आँखाहरू बाहिर निस्कन सक्छ । थाइराइड नेत्र रोग वा ग्रेव्स अफ्थाल्मोपाथीमा आँखाको वरपर तरल पदार्थ जम्मा हुने कारणले आँखाहरू अगाडी तर्फ सर्न सक्छ । यसलाई एक्सोफथाल्मोस पनि भनिन्छ ।

दोहोरो दृष्टि

थाइराइड नेत्र रोगका कारण केही मानिसहरूका आँखाहरू सीधा रहन सक्दैनन्, जसका कारण डबल भिजन समस्या हुनसक्छ । त्यस्ता अवस्थामा व्यक्तिलाई एक वस्तुमा ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्छ ।

अध्ययनका निष्कर्ष

नेशनल इन्स्टिच्युट अफ हेल्थको एक अध्ययनअनुसार, यो कुरामा जोड दिइएको छ कि थाइराइड नेत्र रोग ग्रेव्स रोग जस्ता स्वप्रतिरक्षा थायरोइड विकारहरूसँग जोडिएको छ, जसले दृष्टिलाई महत्त्वपूर्ण रूपमा प्रभावित गर्छ ।

त्यसैले थाइराइडको प्रारम्भिक उपचारले आँखाका समस्याहरूलाई कम गर्न र दृष्टिको रक्षा गर्न मद्दत गर्न सक्छ । उचित परामर्शका लागि व्यक्तिले डाक्टरसँग सल्लाह लिनुपर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register