कोशीमा दलका नेतालाई सुविधा थप्ने निर्णयमा कारण देखाउ आदेश

काठमाडौं । उच्च अदालत विराटनगरले सत्तारुढ दलका नेता र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई सुविधा थप गर्ने कोशी सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत विराटनगरकी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले संसदीय दलका नेताहरुलाई सुविधा दिने निर्णयविरुद्ध परेको रिटमा सुनुवाई गर्दे सोमबार यस्तो आदेश जारी गरेको हो । प्रदेश सरकारले प्रमुख […]

Jan 6, 2025 - 14:23
 0
कोशीमा दलका नेतालाई सुविधा थप्ने निर्णयमा कारण देखाउ आदेश

काठमाडौं । उच्च अदालत विराटनगरले सत्तारुढ दलका नेता र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई सुविधा थप गर्ने कोशी सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

उच्च अदालत विराटनगरकी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले संसदीय दलका नेताहरुलाई सुविधा दिने निर्णयविरुद्ध परेको रिटमा सुनुवाई गर्दे सोमबार यस्तो आदेश जारी गरेको हो ।

प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई मासिक १२५ लिटर इन्धन सुविधा थप गर्ने निर्णय गरेको थियो ।

सुविधा थप गर्ने उक्त निर्णयविरुद्ध आइतबार उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता भएको थियो ।

अदालतले  २९ पुसमा छलफलका लागि दुवै पक्षलाई झिकाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register