‘भाटभटेनीको जग्गा लिनु गलत’ भन्दा एमाले नेतालाई निलम्बित !

झापा, १३ मंसिर । ‘भाटभटेनीको जग्गा लिनु गलत’ भनी अभिव्यक्ति दिने तथा सामाजिक सञ्जालमा लेख्ने एक जना एमाले नेतालाई सो पार्टीले निलम्बित गरेको छ । नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टीले जग्गादान लिनु गलत भनेकै आधारमा आफूलाई पार्टीले निलम्बनको प्रचार गरेको बताएका छन् । निलम्बनको प्रक्रिया [...] The post ‘भाटभटेनीको जग्गा लिनु गलत’ भन्दा एमाले नेतालाई निलम्बित ! appeared first on Jhapa Online.

Nov 28, 2024 - 01:24
 0
‘भाटभटेनीको जग्गा लिनु गलत’ भन्दा एमाले नेतालाई निलम्बित !

झापा, १३ मंसिर । ‘भाटभटेनीको जग्गा लिनु गलत’ भनी अभिव्यक्ति दिने तथा सामाजिक सञ्जालमा लेख्ने एक जना एमाले नेतालाई सो पार्टीले निलम्बित गरेको छ ।

नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टीले जग्गादान लिनु गलत भनेकै आधारमा आफूलाई पार्टीले निलम्बनको प्रचार गरेको बताएका छन् । निलम्बनको प्रक्रिया समेत पूरा नगरिएको उनको भनाइ छ ।

पार्टी अनुशासन विपरीत काम गरेको भन्दै उनलाई नेकपा एमाले बाँके जिल्ला कमिटीले निलम्बनको निर्णय गरेको थियो । पार्टीलाई हानी–नोक्सानी पु¥याउने मनसाय राखेर सामाजिक सञ्जालमा लेख्ने लगायत गतिविधि गरेको भन्दै मंगलबार पार्टी सदस्यबाट निलम्बन गरिएको पत्र सार्वजनिक भएको थियो । उनले भनेका छन्– मिनबहादुर गुरुङबाट जग्गादान लिनु गलत भन्दै सामाजिक सञ्जालमा लेखेका थिएँ । त्यसवापत् जिल्ला कमिटीले आफूलाई स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरण चित्तबुझ्दो भएन भन्दै निलम्बनको निर्णयसहितको पत्र सार्वजनिक भएको थियो ।

The post ‘भाटभटेनीको जग्गा लिनु गलत’ भन्दा एमाले नेतालाई निलम्बित ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register