लिभरपुलको पाँच खेलमा शतप्रतिशत जित, साविक विजेता रियलको तेस्रो हार

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा साविक विजेता रियल म्याड्रिड पराजित भएको छ । बुधबार मध्यराति भएको खेलमा सर्वाधिक १५ पटकको विजेता रियल इंग्लिस क्लब लिभरपुलसँग २–० गोलअन्तरले पराजित भएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले खेलको ५२ औँ मिनेटमा अग्रता लिएको थियो । विश्वविजेता अर्जेन्टिनी खेलाडी एलेक्सिस म्याक एलिस्टरले अग्रता दिलाएका हुन् । कोडी […]

Nov 28, 2024 - 02:41
 0
लिभरपुलको पाँच खेलमा शतप्रतिशत जित, साविक विजेता रियलको तेस्रो हार

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा साविक विजेता रियल म्याड्रिड पराजित भएको छ ।

बुधबार मध्यराति भएको खेलमा सर्वाधिक १५ पटकको विजेता रियल इंग्लिस क्लब लिभरपुलसँग २–० गोलअन्तरले पराजित भएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले खेलको ५२ औँ मिनेटमा अग्रता लिएको थियो । विश्वविजेता अर्जेन्टिनी खेलाडी एलेक्सिस म्याक एलिस्टरले अग्रता दिलाएका हुन् । कोडी गाक्पोले ७६ औँ मिनेटमा अर्को गोल थपेपछि ६ पटकको विजेता लिभरपुलको जित सुनिश्चित भएको हो ।

केलियन एम्बाप्पे, भिनिसियस जुनियरजस्ता स्टार खेलाडी रहेको स्पेनिस क्लब रियलले गरेका गोलका प्रयास असफल भएका थिए ।

यससँगै लिभरपुलले पाँच खेलमा प्रतिशत निकालेको छ । ३६ टोली सम्मिलित लिगको शीर्ष स्थानमा रहेको उसले १५ अंक जोडेको छ ।

रियल भने ६ अंकसहित लिगको २४ औँ स्थानमा खुम्चिएको छ । उसले पाँच खेलमा तेस्रो हार ब्यहोरेको हो ।

अंक तालिका :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register