बीआरआईबारे कांग्रेस–एमालेबीच छलफल, साझा धारणा बनाएर अघि बढ्ने प्रयास

काठमाडौं । सत्तारुढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा साझा धारणा बनाउन छलफल भएको छ । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बीआरआईबारे साझा धारणा बनाएर अघि बढ्ने प्रयास भएको कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले नेपालभ्युजलाई जानकारी दिए । राष्ट्रिय सहमतिको आकार दिनुपर्छ […]

Nov 28, 2024 - 02:23
 0
बीआरआईबारे कांग्रेस–एमालेबीच छलफल, साझा धारणा बनाएर अघि बढ्ने प्रयास

काठमाडौं । सत्तारुढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा साझा धारणा बनाउन छलफल भएको छ ।

बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बीआरआईबारे साझा धारणा बनाएर अघि बढ्ने प्रयास भएको कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले नेपालभ्युजलाई जानकारी दिए । राष्ट्रिय सहमतिको आकार दिनुपर्छ भनेर कांग्रेस र एमाले लागिरहेको उनको भनाइ छ ।

‘बीआरआईबारे साझा धारणा बनाएर अघि बढ्ने प्रयास भइरहेको छ । दुई दलबीच छलफल भइरहे पनि राष्ट्रिय सहमतिको आकार दिनुपर्छ भनेर लगिरहेका छौँ । सहमति भयो वा भएन भन्नका लागि असहमति पनि त केही छैन नि !’ उनले भने

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवासहित कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापालगायत सहभागी थिए ।

बीआरआईमा सतप्रतिशत अनुदान लिने भएमात्रै कार्यान्वयनको चरणमा जानुपर्ने कांग्रेसको अडान छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register