आचारसंहिता मिचेको भन्दै एमाले सांसद सवार गाडी नियन्त्रणमा

बुटवल । कपिलवस्तुको शुद्धोदन गाउँपालिका– मा १ हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू सवार सरकारी गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विशेषाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन् । वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा […]

Nov 28, 2024 - 08:53
 0
आचारसंहिता मिचेको भन्दै एमाले सांसद सवार गाडी नियन्त्रणमा

बुटवल । कपिलवस्तुको शुद्धोदन गाउँपालिका– मा १ हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू सवार सरकारी गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विशेषाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाएको स्थानीयले बताए ।

उक्त गाडीमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेललगायत नेताहरू पनि सवार थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register