सरकारी टीभी च्यानलबाट सिरियाका विद्रोही नेताको सन्देश – असदको शासन अन्त्य भयो

काठमाडौं । सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि विद्रोही समूहले सरकारी टेलिभिजन च्यानल र रेडियोमा सन्देश जारी गरेका छन् । विद्रोही समूहले सन्देशमा भनेका छन्, ‘हामीले राष्ट्रपति बशर अल–असदको शासन अन्त्य गरिसकेका छौँ ।’ विद्रोही समूहले जेलबाट राजनीतिक बन्दी मुक्त गर्ने कुरा पनि गरेको छ । हयात तहरीर अल-शाम (एचटीएएस) नेतृत्वको विद्रोही समूहले बसर अल-असदले देश […]

Dec 8, 2024 - 09:07
 0
सरकारी टीभी च्यानलबाट सिरियाका विद्रोही नेताको सन्देश – असदको शासन अन्त्य भयो

काठमाडौं । सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि विद्रोही समूहले सरकारी टेलिभिजन च्यानल र रेडियोमा सन्देश जारी गरेका छन् ।

विद्रोही समूहले सन्देशमा भनेका छन्, ‘हामीले राष्ट्रपति बशर अल–असदको शासन अन्त्य गरिसकेका छौँ ।’

विद्रोही समूहले जेलबाट राजनीतिक बन्दी मुक्त गर्ने कुरा पनि गरेको छ ।

हयात तहरीर अल-शाम (एचटीएएस) नेतृत्वको विद्रोही समूहले बसर अल-असदले देश छोडेको दाबी गरेको छ ।

यी सबै बीचमा सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनेका छन्, ‘सिरिया आफ्नो छिमेकी र विश्वका अन्य देशहरूसँग राम्रो सम्बन्ध राख्ने सामान्य देश बन्नसक्छ।’

शनिबार सिरियाको तेस्रो ठूलो शहर होम्स कब्जा गरेपछि विद्रोहीले आइतबार सिरियाको राजधानी दमास्कस कब्जा गरेको र असद सरकारलाई हटाएको दाबी गरेका छन् ।

सम्बन्धित सामग्री-

सिरियामा किन भइरहेको छ द्वन्द्व ?

अल-जुलानी : जसले अन्त्य गरे असदको २४ वर्षे शासन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register