अस्ट्रेलियामा १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने

सिडनी । अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन्। अस्ट्रेलियाको संसद्ले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै यो नियम लागु भएको छ। विश्वमा ठुला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गर्ने सबैभन्दा कडा नियमहरू मध्ये एक मानिएको छ। बिहीबार सिनेटले पारित गरेको कानुनले १६ वर्ष मुनिका […]

Nov 29, 2024 - 01:28
 0
अस्ट्रेलियामा १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने

सिडनी ।

अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन्। अस्ट्रेलियाको संसद्ले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै यो नियम लागु भएको छ।

विश्वमा ठुला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गर्ने सबैभन्दा कडा नियमहरू मध्ये एक मानिएको छ। बिहीबार सिनेटले पारित गरेको कानुनले १६ वर्ष मुनिका व्यक्तिहरूलाई सामाजिक सञ्जालमा खाता खोल्नबाट रोक लगाए लगत्तै इन्स्टाग्राम, फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाललाई ठुलो घाटा हुनेछ।

बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्ने कानुन लागु गराउन नसकेमा अस्ट्रेलियन डलर ५० मिलियनसम्म जरिवाना सामाजिक सञ्जाल कम्पनीहरूलाई हुनेछ। प्रधानमन्त्री एन्थोनी अल्बानीजले विधेयकको समर्थन गरेका छन्। सो कानुन पारित भए लगत्तै अभिभावकहरूले खुसीयालीमा जुलुससमेत गरेका छन्।

प्रधानमन्त्री अल्बानीजले भनेका छन् कि अब अस्ट्रेलियाली बालबालिकाहरू आफ्ना फोनहरू बन्द गरेर फुटबल र क्रिकेट मैदान, टेनिस र नेटबल कोर्टमा, स्विमिङ पुलमा पुग्नेछन्।

गोपनीयता  सम्बन्धी समर्थक र केही बाल अधिकार समूहहरूले विधेयकको विरोध गरे पनि ७७ प्रतिशत जनताले १६ वर्षभन्दा कम उमेरकालाई सामाजिक सञ्जालमा प्रयोगमा प्रतिबन्ध लगाउने संसद्को निर्णयको स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register