फिफा वरीयतामा बेल्जियम खस्कियो : पोर्चुगल, नेदरल्यान्ड्स र जर्मनीको प्रगति

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा बेल्जियम खस्किँदा पोर्चुगल, नेदरल्यान्ड्स र जर्मनीले भने प्रगति गरेका छन् । फिफाले हालै सार्वजनिक गरेको नयाँ वरीयतामा सन् २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जियम दुई स्थान तल झरेको छ । भर्खरै सम्पन्न नेसन्स लिगका दुवै खेलमा बेल्जियम क्रमशः इटाली र इजरायलसँग पराजित भएको थियो । छेटौँ […]

Nov 29, 2024 - 02:59
 0
फिफा वरीयतामा बेल्जियम खस्कियो : पोर्चुगल, नेदरल्यान्ड्स र जर्मनीको प्रगति

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा बेल्जियम खस्किँदा पोर्चुगल, नेदरल्यान्ड्स र जर्मनीले भने प्रगति गरेका छन् ।

फिफाले हालै सार्वजनिक गरेको नयाँ वरीयतामा सन् २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जियम दुई स्थान तल झरेको छ ।

भर्खरै सम्पन्न नेसन्स लिगका दुवै खेलमा बेल्जियम क्रमशः इटाली र इजरायलसँग पराजित भएको थियो । छेटौँ स्थानमा रहेको यससँगै आठौँमा झरेको छ ।

फिफा वरीयतामा पोर्चुगल, नेदरल्यान्ड्स र जर्मनीले एक–एक स्थान सुधार गरेका छन् ।

पोर्चुगल छैटौँ र नेदरल्यान्ड्स सातौँ स्थानमा उक्लिएका हुन् ।

यस्तै जर्मनीले पनि शीर्ष १० मा स्थान बनाएको छ । यसअघि ११ औँ स्थानमा रहेको जर्मनी १० औँमा उक्लिएको हो ।

फिफा वरीयतामा एक देखि पाँच स्थानसम्म यथावत छ । विश्वविजेता अर्जेन्टिना शीर्ष स्थानमा कायम छ । यसैगरी फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्यान्ड चौथो र ब्राजिल पाँचौ स्थानमा छन् ।

इटाली पनि नवौँ स्थानमा यथावत छ ।

यता नेपालले पनि एक स्थान सुधार गरेको छ । नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १७५ औँ स्थानमा रहेको छ ।

यसअघि नेपाल १७६ औँ स्थानमा थियो । यसै महिना भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्थानलाई २–० गोलअन्तरले हराएको थियो । यहीँबाट नेपालको वरीयता सुधार भएको हो ।

फिफा वरीयतामा नेपालको एक स्थान सुधार, भारत खस्कियो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register