धन बहादुर गोपालीको प्रस्तुतीमा राग श्याम कल्याण  ।

Dec 1, 2024 - 03:08
 0
धन बहादुर गोपालीको प्रस्तुतीमा राग श्याम कल्याण  ।


मंसीर १६, काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको २९ औं श्रृंखलामा बरिष्ठ शास्त्रिय गायक धन बहादुर गोपार्लीले शास्त्रीय गायनमा राग श्याम कल्याण प्रस्तुत गर्नु भएको छ । सो गायनमा उहाँलाई तबलामा डंकनदास चौधरीे, भायलिनमा यतिराज अधिकारी  र तानपुरामा प्रेरणा श्रेष्ठले   संगत गर्नु भएको थियो । 
 कलाकार गोपालीले  राग श्याम कल्याणमा आधारित  बिलम्बित एकताल संगसगै मध्यलय प्रस्तुत गर्नु भएको थियो भने अन्त्यमा तराना  र भजन पनि प्रस्तुत गर्नु भएको थियो । 


कार्यक्रम पश्यात प्रमुख  अतिथी डा.राजेन्द्र न्यापानेले कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट सम्मान गर्नु भएको थियो । 


राग श्याम कल्याण कल्याण यसमा दुवै मध्यमको प्रयोग हुन्छ । यसको वादी स्वर पन्चम र संवादी स्वर षडज हो । रागको गायन बादनको समय रातको प्रथम प्रहर मानिएको छ ।  


शास्त्रीय संगीतलाई जीवन्त  राख्न अनवरत सक्रिय यस प्रतिष्ठानले आफनै पहलमा हरेक नेपाली महिनाको १५ गते काठमाडौंको वडा नं ८ को गौरीघाटस्थित प्रतिष्ठानको आफनै भवनमा  विगत २९   महिना देखि अनवरत रुपमा शास्त्रीय गायन, ताल बादन  र सुर बादनमा विभिन्न कलाकारहरुबाट शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register