अण्डाको भाउ ५० रुपैयाँले सस्तियो

काठमाडौँ । कुखुराको अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आज (मंसिर १६ गते) देखि कुखुराको अण्डाको मूल्य घटेको हो । यसअघि कात्तिक २० गते कुखुराको अण्डाको भाउ प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकिएको थियो । तर, अण्डाको भाउ घटेसँगै अण्डाको मूल्य प्रतिक्रेट ४ सय ४० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, […]

Dec 1, 2024 - 06:59
 0
अण्डाको भाउ ५० रुपैयाँले सस्तियो

काठमाडौँ । कुखुराको अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आज (मंसिर १६ गते) देखि कुखुराको अण्डाको मूल्य घटेको हो ।

यसअघि कात्तिक २० गते कुखुराको अण्डाको भाउ प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकिएको थियो । तर, अण्डाको भाउ घटेसँगै अण्डाको मूल्य प्रतिक्रेट ४ सय ४० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आजदेखि स्थानीय बजारमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४ सय ५५ रुपैयाँ पर्ने भएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ तोकिएको थियो ।

आजदेखि अण्डाको मूल्य घटे पनि सबैभन्दा ठूलो अण्डाको मूल्य भने नतोकिएको संघले जनाएको छ । संघका अनुसार हाल सबैभन्दा ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट ५ सय २० रुपैयाँमा बिक्री भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register