राष्ट्रिय वाणिज्य बैंकलाई अग्रणी बैंक बनाउनुपर्नेमा अर्थमन्त्री पौडेलको जोड

काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउनेगरि कार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्‌घाटन गर्दै अर्थमन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरूलाई रूपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने […]

Dec 1, 2024 - 07:17
 0
राष्ट्रिय वाणिज्य बैंकलाई अग्रणी बैंक बनाउनुपर्नेमा अर्थमन्त्री पौडेलको जोड

काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउनेगरि कार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्‌घाटन गर्दै अर्थमन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरूलाई रूपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरूलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई अनुरोध गरे । सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रित गरेर सेवाग्राहीको बढि रुचाइएको बैंक बनाउन आग्रह गरेका छन् । 

त्यस्तै, कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्यालले ब्याजदरमा अहिले भइरहेको एकल अङ्कको ब्याजदरलाई स्थिर बनाउन आवश्यक रहेको बताए । लिने समयमा एकल अङ्कको ब्याजदर भएपनि समयसँगै बढ्दै जाने विगतको अभ्यासले आफूहरूलाई सदैव झकझकाइ रहेको बताएका छन् ।

उनले बैंकले सेवा क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेका कारण आफूहरूमा आशाको सुरुवात गराएको भन्दै ब्याजदरमा उद्योगी व्यवसायीहरूलाई सुनिश्चितता भए ढुक्कसँग लगानी गर्न आफूहरू तयार रहेको तर्क दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register