हात्तीबाट जोगाउन बिर्तामोडमा ‘एक घर, एक बत्ती अभियान’

झापा, १९ मंसिर । झापाको हात्तीप्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ शुरु गरिएको छ । जंगली हात्ती प्रभावित यस वडामा स्थानीयबासीलाई रातिको समयमा हिँड्डुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले अभियान शुरु गरिएको वडाध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो । बिर्तामोड–७ मा रहेको २४ वटा टोलमध्ये हात्तीबाट बढी [...] The post हात्तीबाट जोगाउन बिर्तामोडमा ‘एक घर, एक बत्ती अभियान’ appeared first on Jhapa Online.

Dec 4, 2024 - 12:25
 0
हात्तीबाट जोगाउन बिर्तामोडमा ‘एक घर, एक बत्ती अभियान’

झापा, १९ मंसिर । झापाको हात्तीप्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ शुरु गरिएको छ ।

जंगली हात्ती प्रभावित यस वडामा स्थानीयबासीलाई रातिको समयमा हिँड्डुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले अभियान शुरु गरिएको वडाध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो ।

बिर्तामोड–७ मा रहेको २४ वटा टोलमध्ये हात्तीबाट बढी प्रभावित बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, श्रीजंघा, फक्तालुङ लगायतका टोलमा एक सय ५० वटाभन्दा बढी उज्यालो दिने सडक बत्ती जडान गरिएको उहाँले बताउनुभयो । सडक बत्ती जडानका लागि प्रति बत्ती रू एक हजार पाँच सयदेखि रू तीन हजारसम्म खर्च लाग्ने जनाइएको छ ।

स्थानीयबासीको घरबाटै विद्युत् लिएर घर अगाडी बत्ती लगाइएको छ । जसको महसुल भने स्थानीयबासीले तिर्नुपर्नेछ । जडान गरिएको बत्ती बिग्रिएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने वडाध्यक्ष खरेलले बताउनुभयो ।

The post हात्तीबाट जोगाउन बिर्तामोडमा ‘एक घर, एक बत्ती अभियान’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register