प्रविधिको युगले सनातन धर्ममाथि थप चुनौती : अध्यक्ष लिङ्देन

बनियानी, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सूचना प्रविधिको युगले सनातन धर्ममाथि थप चुनौती बढ्ने सक्ने बताउनुभएको छ । झापाको कचनकवल–६ बनियानीस्थित रामजानकी तथा रामेश्वर शिव मन्दिरद्वारा आयोजित संगीतपूर्ण श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ १०८ अन्तर्गत ३०औं महापुराणमा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले पछिल्लो समय सनातन धर्म र हिन्दुत्वमाथि चुनौती बढ्दै गएको बताउनुभयो [...] The post प्रविधिको युगले सनातन धर्ममाथि थप चुनौती : अध्यक्ष लिङ्देन appeared first on Jhapa Online.

Dec 4, 2024 - 12:31
 0
प्रविधिको युगले सनातन धर्ममाथि थप चुनौती : अध्यक्ष लिङ्देन

बनियानी, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सूचना प्रविधिको युगले सनातन धर्ममाथि थप चुनौती बढ्ने सक्ने बताउनुभएको छ ।

झापाको कचनकवल–६ बनियानीस्थित रामजानकी तथा रामेश्वर शिव मन्दिरद्वारा आयोजित संगीतपूर्ण श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ १०८ अन्तर्गत ३०औं महापुराणमा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले पछिल्लो समय सनातन धर्म र हिन्दुत्वमाथि चुनौती बढ्दै गएको बताउनुभयो ।

“वर्तमान परिप्रेक्ष्यमा हाम्रो धर्ममाथि संकटको संकेत देखिँदैछ”, झापा क्षेत्र नं. ३ का सांसद समेत रहनुभएका उहाँले भन्नुभयो, “यस्ता चुनौतीहरू सामना गर्न चनाखो र जागरूक बन्नुपर्छ ।” धर्मको संरक्षणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले धार्मिक अनुष्ठानहरूले धर्मप्रतिको जिम्मेवारीबोध गराउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञले धार्मिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउने काम गरिरहेको उहाँले बताउनुभयो । महायज्ञमा दैनिक रूपमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहँदै आएको छ ।

The post प्रविधिको युगले सनातन धर्ममाथि थप चुनौती : अध्यक्ष लिङ्देन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register