सिँचाई आयोजनाको लागि एडीबीबाट १५ अर्ब रुपैयाँ ऋण लिइँदै

काठमाडौं । सरकारले नवीनतम सिँचाइ आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंक (एडीबी)बाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने भएको छ । आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एडीबीबाट सहुलियतपूर्ण ऋण लिने बताएका हुन् । उनले नवीनतम सिँचाइ आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १ सय १० मिलियन […]

Dec 2, 2024 - 07:23
 0
सिँचाई आयोजनाको लागि एडीबीबाट १५ अर्ब रुपैयाँ ऋण लिइँदै

काठमाडौं । सरकारले नवीनतम सिँचाइ आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंक (एडीबी)बाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एडीबीबाट सहुलियतपूर्ण ऋण लिने बताएका हुन् ।

उनले नवीनतम सिँचाइ आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १ सय १० मिलियन अमेरिकी डलर अर्थात् करिब १५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register