बदर मतको विवादले रोकियो बेलकामा मतगणना 

उदयपुर । बेलका नगरपालिका–९ मा भएको वडा अध्यक्षको उपनिर्वाचनमा बदर मतको विवादले मतगणना रोकिएको छ । ५०० मत गणना गर्दा २२० मत बदर भेटिएपछि सोही विषयमा विवाद बढ्दा गणना रोकिएको हो । बेलाका ४ का वडा अध्यक्ष तीर्थ अधिकारीका अनुसार आइतबार रातीबाट मतगणना रोकिएको छ । ४ पटक उम्मेदवारहरू सहितको सर्वदलीय बैठक बस्दा पनि सहमति […]

Dec 2, 2024 - 08:53
 0
बदर मतको विवादले रोकियो बेलकामा मतगणना 

उदयपुर । बेलका नगरपालिका–९ मा भएको वडा अध्यक्षको उपनिर्वाचनमा बदर मतको विवादले मतगणना रोकिएको छ । ५०० मत गणना गर्दा २२० मत बदर भेटिएपछि सोही विषयमा विवाद बढ्दा गणना रोकिएको हो ।

बेलाका ४ का वडा अध्यक्ष तीर्थ अधिकारीका अनुसार आइतबार रातीबाट मतगणना रोकिएको छ । ४ पटक उम्मेदवारहरू सहितको सर्वदलीय बैठक बस्दा पनि सहमति जुट्न सेकेको छैन ।

उदयपुरका निर्वाचन अधिकृत दीपक दाहालको टोलीसहित बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि पुनः सर्वदलीय बैठक बस्ने तयारी रहेको छ । ५०० मत गणना हुँदा एमालेको ८५, माओवादीको ८०, काँग्रेसको ६२, जसपाको २६, रास्वपाको १९, राप्रपाको ८ र मंगोल नेसनलको एक पनि भोट आएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register