मंगलबार १७.८० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से १७.८० अंकले बढेर २७७५ . ८५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ७ कम्पनीको एक करोड ८१ लाख ६० हजार ६ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको छ […]

Dec 3, 2024 - 09:36
 0
मंगलबार १७.८० अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से १७.८० अंकले बढेर २७७५ . ८५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ७ कम्पनीको एक करोड ८१ लाख ६० हजार ६ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको २६ करोड ७४ लाख ३७ हजार ७ सय ६४ कित्ता ९० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज  दिव्यश्वरीसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको  हो ।
यता, अपर स्याँगे हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register