बिस्कुटभित्र लागुऔषध लुकाएर ल्याउने दुई जना पक्राउ

बनियानी, २४ पुस । भातरबाट नेपालतर्फ बिस्टुकभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा चढेर मंगलबार साँझ काँकरभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ रविका ३१ वर्षीय दिलप्रसाद राई र मिक्लाजुङ–५ स्थायी घर भई हाल झापा दमक नगरपालिका–२ हिमालय टोलमा डेरा गरी बस्दै आएकी २९ वर्षीया स्मारिका [...] The post बिस्कुटभित्र लागुऔषध लुकाएर ल्याउने दुई जना पक्राउ appeared first on Jhapa Online.

Jan 8, 2025 - 16:28
 0
बिस्कुटभित्र लागुऔषध लुकाएर ल्याउने दुई जना पक्राउ

बनियानी, २४ पुस । भातरबाट नेपालतर्फ बिस्टुकभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा चढेर मंगलबार साँझ काँकरभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ रविका ३१ वर्षीय दिलप्रसाद राई र मिक्लाजुङ–५ स्थायी घर भई हाल झापा दमक नगरपालिका–२ हिमालय टोलमा डेरा गरी बस्दै आएकी २९ वर्षीया स्मारिका नेम्बाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर–६ काँकरभिट्टा स्थित पुरानो मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुको झोलामा रहेको पतञ्जली दुध लेखिएको विष्कुटको प्याकेटभित्र खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकबाहेक चार ग्राम बरामद गरेको छ ।

सोधपुछमा उनीहरुले भारतको पानीट्याङ्कीबाट खरिद गरी ल्याएको भनेर बताएका छन् । उनीहरु दुवै जनालाई लागुऔषधसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले छ ।

The post बिस्कुटभित्र लागुऔषध लुकाएर ल्याउने दुई जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register