रेडक्रस बिर्तामोड अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत

बिर्तामोड, २४ पुस । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत चयन हुनु भएको छ । उपशाखाको आगामी चारवर्षे नयाँ नेतृत्वका लागि अध्यक्ष अग्रवालसहित सिङ्गो कार्यसमिति सर्वसम्मत भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिनुभयो । समितिको उपसभापतिमा शिला भट्टराई बराल, सचिवमा निरजकुमार ओली, कोषाध्यक्षमा याम कार्की, उपसचिवमा रंगलाल न्यौपाने, उपकोषाध्यक्षमा गोवेन धिमाल चयन [...] The post रेडक्रस बिर्तामोड अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत appeared first on Jhapa Online.

Jan 8, 2025 - 16:34
 0
रेडक्रस बिर्तामोड अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत

बिर्तामोड, २४ पुस । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत चयन हुनु भएको छ ।

उपशाखाको आगामी चारवर्षे नयाँ नेतृत्वका लागि अध्यक्ष अग्रवालसहित सिङ्गो कार्यसमिति सर्वसम्मत भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिनुभयो । समितिको उपसभापतिमा शिला भट्टराई बराल, सचिवमा निरजकुमार ओली, कोषाध्यक्षमा याम कार्की, उपसचिवमा रंगलाल न्यौपाने, उपकोषाध्यक्षमा गोवेन धिमाल चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा रेजिना गौतम, राजेन्द्र चौंलागाँई, मिजास पोखरेल, ऋषभ बस्नेत र मनोजकुमार शाह निर्वाचित भएको निर्वाचन समिति सदस्य हेम खड्काले जानकारी दिनुभयो ।

उपशाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले तय गरेको निर्वाचन तालिका अनुसार सबै पदमा एक÷एकजनाको मात्रै उम्मेद्वारी परेसंगै सिङ्गो कार्यसमिति सर्वसम्मत चयन भएको हो । बिर्तामोडको पञ्चकन्यामा आफ्नै भवन रहेको रेडक्रस उपशाखामा नियमित रक्त सञ्चार केन्द्र समेत सञ्चालन हुँदै आएको छ ।

चार वर्षे कार्यावधी रहेको नेपाल रेडक्रस जिल्ला शाखा भद्रपुर मातहतका अधिकांस उपशाखाको नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । यसअघि हल्दिबारी, खुदुनाबारी, गौरादह जलथल लगायतका उपशाखामा नेतृत्व चयन भइसकेको छ भने केही उपशाखाहरुमा नेतृत्व चयनको प्रक्रिया चलिरहेको बताइएको छ ।

The post रेडक्रस बिर्तामोड अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register