सेयर बजारमा १७ अंकको वृद्धि, १४२ कम्पनीको मूल्य बढ्यो 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ८० अंकले बढेर २७७५ दशमलव ८५ को विन्दुमा पुगेको छ । मंगलबार ३०७ कम्पनीका ८८ हजार ७७५ पटकको कारोबारमा १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Dec 3, 2024 - 09:42
 0
सेयर बजारमा १७ अंकको वृद्धि, १४२ कम्पनीको मूल्य बढ्यो 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ८० अंकले बढेर २७७५ दशमलव ८५ को विन्दुमा पुगेको छ ।

मंगलबार ३०७ कम्पनीका ८८ हजार ७७५ पटकको कारोबारमा १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २९९ रुपैयाँ रहेको छ ।
१४२ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज दिव्यश्वरी हाइड्रोपावर र इङ्वा हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नगदी ग्रुपको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register