रोमाञ्चक खेलमा विराटनगरले लुम्बिनीलाई हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पहिलो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको हो । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका लागि लोकेश बमले अर्धशतकीय पारी खेले । लोकेशले […]

Dec 4, 2024 - 10:48
 0
रोमाञ्चक खेलमा विराटनगरले लुम्बिनीलाई हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पहिलो जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको हो ।

लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

विराटनगरका लागि लोकेश बमले अर्धशतकीय पारी खेले । लोकेशले ४७ बलमा ७१ रन बनाए । उनले ६ छक्का र ३ चौका प्रहार गरे ।

बसिर अहमदले ४० रन जोडे । मार्टिन गप्टिलले २८ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरका लागि रामोन सिमन्ड्स, साद बिन जफर र दुर्गेश थापाले २–२ विकेट लिए ।

यसअघि लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १९१ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

टम मुर्सले ३०, अर्जुन साउद १७, आशुतोष घिरैया १५ र सन्दीप जोरा १२ रनमा आउट भए ।

विराटनगरका लागि इस्मत आलम, सन्दीप लामिछाने र राजेश पुलामीले १–१ विकेट लिए ।

विराटनगर पहिलो खेलमा जनकपुर बोल्टस र दोस्रोमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register