अमलाको मूल्य घट्यो, सोमबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अमलाको मूल्य १० रुपैयाँले घटेर प्रतिकेजी ६० रुपैयाँमा कारोबार भइरहेको छ । भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४० […]

Jan 6, 2025 - 06:17
 0
अमलाको मूल्य घट्यो, सोमबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अमलाको मूल्य १० रुपैयाँले घटेर प्रतिकेजी ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४० रुपैयाँ र भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, लोकल गाजर ९० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, बन्दा तराई २० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, मकै बोडी ५०, घिउ सिमी लोकल ६०, टाटे सिमी ४०, मटरकोशा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ५०, तराई परवर ९० रुपैयाँ, फर्सी पाकेको ४०, हरियो फर्सी (डल्लो) १०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ३५, पिंडालू ८०, स्कुस ३० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १५ र तोरीको साग ३० रुपैयाँ, मेथीको साग ६० रुपैयाँ र चमसूरको साग ६० रुपैयाँमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ५०, बकूला ६०, तरुल ७०, कन्य च्याउ ६०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, सिताके च्याउ ७००, रुख टमाटर १२०, कुरिलो १०००, ब्रोकाउली ४०, चुकन्दर ८०, जिरीको साग ६०, सेलेरी ३००, पार्सले ७००, पुदिना ३००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु ११०, गुन्द्रुक २८०, अदुवा ११०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ६०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) २८०, भेडे खुर्सानी ७०, हरियो लसुन १८०, हरियो धनियाँ ५०, चाइनिज सुकेको लसुन २८०, लसुन सुकेको नेपाली २८०, छ्यापी सुकेको १४०, छ्यापी हरियो २००, ताजा माछा (रहु) ३३०, ताजा माछा (बचुवा) २४० र ताजा माछा (छडी २४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (फूजी) २६०, केरा (दर्जन) १५०, कागती १३०, अनार ३५०, हरियो अंगुर २००, सुन्तला (नेपाली ) १००, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ८०, निबुवा ४०, अम्बा १००, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ६०, लप्सी ४०, स्ट्रबेरी भुईऐसेलु ४००, शरीफा २००, किवि २००, आभोकाडो २०० र अमला ६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register