बुद्धशान्ति–४ मा सुविधा सम्पन्न आधारभूत स्वास्थ्य इकाई सञ्चालनमा

झापा, २० मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं–४ मा निर्माण भएको सुविधा सम्पन्न आधारभूत स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बिच बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानी प्रसाद खतिवडाले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् । कोशी प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तरर्गत (समपुरक अनुदान) बाट वडामा सुविधासम्पन्न दुईतले [...] The post बुद्धशान्ति–४ मा सुविधा सम्पन्न आधारभूत स्वास्थ्य इकाई सञ्चालनमा appeared first on Jhapa Online.

Dec 5, 2024 - 14:07
 0
बुद्धशान्ति–४ मा सुविधा सम्पन्न आधारभूत स्वास्थ्य इकाई सञ्चालनमा

झापा, २० मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं–४ मा निर्माण भएको सुविधा सम्पन्न आधारभूत स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बिच बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानी प्रसाद खतिवडाले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

कोशी प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तरर्गत (समपुरक अनुदान) बाट वडामा सुविधासम्पन्न दुईतले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो । जसमा बुद्धशान्ति गाउँपालिका र प्रदेश सरकार गरी ५९ लाख ३ हजार आठ सय ७८ रुपैँया लागानी भएको वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर रायले बताएका छन् । उनले भवन सम्पन्न भएर उद्घाटन भएतापनि अझै घेरावार र भुइँमा टाली लगाउन पालिकालाई आवश्यक बजेट माग गर्ने बताए । उनले सेवाग्राहीले ल्यावको समेत माग गर्दै आएकाले आगामी दिनमा पालिकासँग सहकार्य गरेर स्वास्थ्य इकाईबाटै ल्यावको सेवा पनि दिन लागि पर्ने बताएका छन् ।

उद्घाटन कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर रायको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको बिशेष आतिथ्यता तथा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, वडा नं २ का कार्यवाहक अध्यक्ष सञ्जु पौडेल, वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ, वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्की, वडा नं ६ का वडा अध्यक्ष शिवराज पौडेल, वडा नं ७ का वडा अध्यक्ष चन्द्र भण्डारी, कार्यपालिका सदस्य दुर्गा पोखरेल ढुंगेल, दिनेश लेप्चा, वडा सदस्य, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन यादव, ४ नं वडाका वडा सचिव राजकुमार न्यौपाने, ४ नं वडा आधारभूत स्वास्थ्य इकाईका इन्चार्ज महेश महत्तो, ६ नं वडा आधारभूत स्वास्थ्य इकाईका इन्चार्ज अर्जुन कुँइकेल, जनप्रतिनिधि, स्थानीय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थितिमा भवनको उद्घाटन गरिएको छ ।

गाउँपालिकाले सवै वडाहरुमा स्वास्थ्य इकाई स्थापना गरी सो स्वास्थ्य ईकाईबाटै नागरिकलाई सहज र सरल तरीकाले स्वास्थ्य सेवा प्रवाह गर्न सुरु गरेसंगै स्थानीय नागरिकहरुलाई धेरै सहज भएको बताइएको छ ।

The post बुद्धशान्ति–४ मा सुविधा सम्पन्न आधारभूत स्वास्थ्य इकाई सञ्चालनमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register