अफ्रिकामा एमपक्सबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो

अदिस । अफ्रिकामा चलिरहेको एमपक्स प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुगेको छ । यो वर्ष अहिलेसम्म रेकर्ड गरिएका मामिलाहरूको सङ्ख्या ६२ हजार नाघेको छ । अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भने, ‘वर्षको सुरुदेखि २० अफ्रिकी देशहरूमा ६२ हजार १७१ एमपक्स मामिलाहरू रिपोर्ट गरिएको छ, जसमध्ये १३ हजार ५७९ पुष्टि भएको र मर्नेहरूको सङ्ख्या बढेर […]

Dec 7, 2024 - 04:18
 0
अफ्रिकामा एमपक्सबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो

अदिस । अफ्रिकामा चलिरहेको एमपक्स प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुगेको छ । यो वर्ष अहिलेसम्म रेकर्ड गरिएका मामिलाहरूको सङ्ख्या ६२ हजार नाघेको छ ।

अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भने, ‘वर्षको सुरुदेखि २० अफ्रिकी देशहरूमा ६२ हजार १७१ एमपक्स मामिलाहरू रिपोर्ट गरिएको छ, जसमध्ये १३ हजार ५७९ पुष्टि भएको र मर्नेहरूको सङ्ख्या बढेर १२ सय पुगेको छ ।’

अफ्रिकी युनियनको विशेष स्वास्थ्य सेवा एजेन्सीले गत हप्ता मात्र अफ्रिकी महाद्वीपमा दुई हजार ७०८ नयाँ केसहरू रेकर्ड गरिएको जनाएको छ । जसमा ५६५ पुष्टि भएका घटना छन् ।  ३६ वटा मृत्युका घटना भएका छन् ।

कासियाले थपे, ‘यदि हामीले जनवरीको पहिलो हप्तालाई नोभेम्बर सन् २०२३ को अन्तिम हप्तासँग तुलना गर्ने हो भने हामीसँग ७१६ प्रतिशतले वृद्धि भएको छ । यदि हामीले यो प्रवृत्तिलाई निरन्तरता दियौं भने, सन् २०२४ को अन्त्यसम्ममा हामीसँग केसहरूमा ८०० प्रतिशत भन्दा बढी वृद्धि हुनेछ । काभिड–१९ महामारी पछि एमपक्स अफ्रिकाले सामना गरिरहेको सबैभन्दा ठूलो प्रकोप हो ।’

एमपक्स पहिलो पटक सन् १९५८ मा भेटिएको थियो । यो एक दुर्लभ भाइरल रोग हो, जुन सामान्यतया शरीरका तरल पदार्थ, श्वासप्रश्वासको थोपा र अन्य दूषित पदार्थहरूमार्फत फैलिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register