लन्डन दूतावासमा अवरुद्ध राहदानी सेवा पुनː सुचारु

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा अवरुद्ध राहदानी सेवा पुन: सुचारु भएको छ । काठमाडौंस्थित विद्युतीय राहदानी प्रणालीमा सुधार आएपछि लन्डन दूतावासले ४ डिसेम्बरदेखि सेवा सुचारु गरेको हो । काठमाडौंमा २० नोभेम्बरदेखि सेवा अवरुद्ध भएपछि राजदूतावासले २४ नोभेम्बरमा एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सेवा स्थगित गरिएको जानकारी गराएको थियो । यस अघि […]

Dec 7, 2024 - 12:23
 0
लन्डन दूतावासमा अवरुद्ध राहदानी सेवा पुनː सुचारु

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा अवरुद्ध राहदानी सेवा पुन: सुचारु भएको छ । काठमाडौंस्थित विद्युतीय राहदानी प्रणालीमा सुधार आएपछि लन्डन दूतावासले ४ डिसेम्बरदेखि सेवा सुचारु गरेको हो ।

काठमाडौंमा २० नोभेम्बरदेखि सेवा अवरुद्ध भएपछि राजदूतावासले २४ नोभेम्बरमा एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सेवा स्थगित गरिएको जानकारी गराएको थियो ।

यस अघि बायोमेट्रिक दिन असमर्थ भएका सेवाग्राहीले यही १३  डिसेम्बर २०२४ भित्र आफ्नो सहजता अनुसार कुनै पनि दिन कार्यालय समयभित्र दूतावासमा उपस्थित भइ आवेदन प्रक्रिया पूरा गर्न दूतावासले आग्रह गरेको  छ ।

अति जरुरी परेका सेवाग्राहीको लागि ७ डिसेम्बर शनिबार सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बायोमेट्रिक सेवा उपलब्ध गरिने समेत दूतावासले जनाएको छ । तर, ५ डिसेम्बर पछिको मिति तय भइसकेका राहदानी आवेदकको हकमा भने पूर्वनिर्धारित मिति र समयमा नै बाँकी प्रक्रिया पूरा गर्न दूतावासको अनुरोध छ ।

राहदानी प्रणालीमाथि खतरनाक साइबर हमला भएपछि ५ मंसिरबाट नेपालस्थित राहदानी विभाग काठमाडौंले राहदानी सम्बन्धि सेवा बन्द गरेको थियो । प्रणालीमा सुधार आएसंगै विभागले २२ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिएको राहदानी सेवा पुनः सुरु गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register