जिबी राईको पासपोर्ट रोक्का

काठमाडौं । सहकारीको रकम अपचलन गरी फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई)को पासपोर्ट रोक्का गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो। यसअघि पनि कास्की प्रहरीले राईको पासपोर्ट रद्द गरिदिन भन्दै विभागलाई पत्र लेखेको थियो  तर विभागले राईको पासपोर्ट रद्द गर्न नमिल्ने जवाफ दिएको थियो । […]

Dec 12, 2024 - 14:59
 0
जिबी राईको पासपोर्ट रोक्का

काठमाडौं । सहकारीको रकम अपचलन गरी फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई)को पासपोर्ट रोक्का गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो।

यसअघि पनि कास्की प्रहरीले राईको पासपोर्ट रद्द गरिदिन भन्दै विभागलाई पत्र लेखेको थियो  तर विभागले राईको पासपोर्ट रद्द गर्न नमिल्ने जवाफ दिएको थियो ।

राहदानी ऐन, २०७६ अनुसार सहकारी ठगी कसुरका लागि राहदनी रद्द गर्ने प्रावधान नभएको हुँदा नमिल्ने निष्कर्ष थियो। जिल्ला अदालत कास्कीले पनि सहकारी ठगीमा मात्रै रोक्का गर्न नमिल्ने भन्दै स्वीकृति दिएको थिएन।पछिल्लो समय सम्पत्ति शुद्धिकरण र संगठित अपराध समेतमा जोडिएपछि राईको पासपोर्ट रोक्का गर्न बाटो खुलेको हो ।

उक्त ऐनको दफा १२ मा राहदानी जारी नगर्ने वा रोक्का राख्न सकिने अवस्थाबारे खुलाइएको छ।

राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, मानव बेचबिखन, अपहरण, लागु औषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवाद सम्बन्धी कसुरको अभियोमा अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख्न सकिने भनिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register