लगानीमैत्री वातावरणका लागि सार्वजनिक खरिद ऐन र लिज ऐन परिमार्जन जरुरी

बुटवल । भन्सार नाका र खुला सीमाबाट हुने अवैध आयातलाई सम्बन्धित सरकारी निकायले रोक्न नसक्दा राज्यलाई कर तिरेर वैध ब्यवसाय गरिरहेका उद्योगी व्यवसायीहरु सधैं मारमा परेको गुनासो गरेका छन् । नेपालमा भन्सार तिरेर भन्दा भन्सार छलेर हुने अवैध आयातको हिस्सा तथा औैपचारिक भन्दा अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो भएकाले स्वदेशी उद्योग–व्यवसाय फस्टाउन नसकेको र मुलुकको ब्यापार […]

Dec 7, 2024 - 12:47
 0
लगानीमैत्री वातावरणका लागि सार्वजनिक खरिद ऐन र लिज ऐन परिमार्जन जरुरी

बुटवल ।

भन्सार नाका र खुला सीमाबाट हुने अवैध आयातलाई सम्बन्धित सरकारी निकायले रोक्न नसक्दा राज्यलाई कर तिरेर वैध ब्यवसाय गरिरहेका उद्योगी व्यवसायीहरु सधैं मारमा परेको गुनासो गरेका छन् ।

नेपालमा भन्सार तिरेर भन्दा भन्सार छलेर हुने अवैध आयातको हिस्सा तथा औैपचारिक भन्दा अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो भएकाले स्वदेशी उद्योग–व्यवसाय फस्टाउन नसकेको र मुलुकको ब्यापार घाटा बढ्दै गएकाले अवैध आयातलाई कडाईका साथ नियन्त्रण गर्न व्यवसायीले माग गरेका छन् ।

शनिवारउद्योग व्यापार संघ बुटवलको छैठौ साधारणसभामा बोल्ने व्यवसायीहरुले मुलुकको अर्थतन्त्र स्वाधीन र आत्मनिर्भर बनाउन औद्योगिकरण र ब्यापार विविधिकरण पहिलो शर्त भएको बताए ।

साधारण सभामा बोल्दै बुटवल उपमहानगर पालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सरकारले सार्वजनिक खरिद ऐन र लिज ऐन परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । यी दुबै ऐनका कारण लगानीमैत्री वातावरण बन्न नसकेको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उद्योगी व्यवसायीहरुको हितको लागि स्थानीय सरकार जहिले पनि तयार रहेको बताउँदै उहाँले मोतिपुर औद्योगिक क्षेत्र स्थापनाका लागि पुनः सिमांकन र नक्शांकनको काम सुरुवात भएको बताउनुभयो । विवाद भएको क्षेत्र छाडेर विवाद नभएको स्थानमा औद्योगिक क्षेत्र बनाइने भन्दै उहाँले यहि बर्ष नै कम्पाउन्ड वाल निर्माण गरिने बताउनु भयो । हरेक क्षेत्रका विकृती विसंगती नियन्त्रण गर्न र लोकतन्त्ररको संस्थागत विकासका लागि सामाजिक संजाल फेस बुकलाई वडा तहमा दर्ता गरी नियमन र अनुगमन गर्न नगर प्रमुख पाण्डेयले केन्द्रिय सरकारको ध्यान जान माग गर्नु भयो ।

कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय उपाध्यक्ष बाबुराम पोखरेलले पछिल्लो समयमा सरकारले जनताको विश्वास गुमाउदै गएकाले बैंकमा खर्बौं रकम थुप्रिएको तर कर्जा प्रवाह र लगानीको वातावरण नभएको औंल्याउनु भयो ।

‘नेपालमा भन्सार तिरेर भन्दा भन्सार छलेर हुने अवैध आयातको हिस्सा तथा औैपचारिक भन्दा अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो छ, यसले गर्दा सरकारलाई कर तिरेर वैध व्यापार गर्ने उद्योगी व्यवसायी सधैं मारमा परेका छन’– पोखरेलले भन्नु भयो ।

उद्योग व्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य गणेश प्रसाद अधिकारीले उद्योगमैत्री वातावरण बनाउन नसकेको बरु अनेकांै हिसाबबाट व्यवसायीलाई दुख दिने र कर मात्रै अशुल्ने काम गरेको आरोप लगाउनु भयो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले बजारमा आर्थिक अनुशासन आवश्यक भएको बताउँदै अवैध आयात लाई सरकारले जहिले पनि निस्तेज पार्ने बताउनु भयो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्णुप्रसाद पाण्डेले आर्थिक मन्दीको कारण धरासायी भएको अर्थतन्त्र उकास्नको लागि ३ तहका सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।

कार्यक्रममा उद्योग ब्यापार संघ बुटवलका निर्वतमान अध्यक्ष गोविन्द्र प्रसाद गैरे ,

रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, नेकपा एमाले नगर उपाध्यक्ष माधव खनाल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भुसाल, ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल, बुटवल उपमहानरपालिका वडानम्बर ११ का कावा अध्यक्ष युवराज राना, उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य पुष्पराज ढकाल,संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जीसी,महासचिव यमलाल मरासिनी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register