काक्रोको मूल्य १० रुपैयाँले बढ्दा ३० रुपैयाँले घट्यो ब्रोकाउलीको मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज लोकल काक्रोको मूल्य बढ्दा ब्रोकाउलीको मूल्य घटेको छ । लोकल काक्रोको मूल्य १० रुपैयाँले बढेर प्रतिकेजी न्यूनतम १०० रुपैयाँ र ब्रोकाउलीको मूल्य ३० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम १०० रुपैयाँमा कारोबार […]

Dec 8, 2024 - 06:18
 0
काक्रोको मूल्य १० रुपैयाँले बढ्दा ३० रुपैयाँले घट्यो ब्रोकाउलीको मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज लोकल काक्रोको मूल्य बढ्दा ब्रोकाउलीको मूल्य घटेको छ । लोकल काक्रोको मूल्य १० रुपैयाँले बढेर प्रतिकेजी न्यूनतम १०० रुपैयाँ र ब्रोकाउलीको मूल्य ३० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ८० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ७५ रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, लोकल गाजर ११० रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ४० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ६०, तने बोडी १३०, मकै बोडी ७०, घिउ सिमी लोकल १२०, टाटे सिमी १३०, मटरकोशा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ६०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ५५, भिण्डी ११०, सखरखण्ड ७०, बरेला १००, पिंडालू ७०, स्कुस ३० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २५ र तोरीको साग ३० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ र चमसूरको साग ९० रुपैयाँमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, बकूला १३०, तरुल ८०, कन्य च्याउ २००, डल्ले च्याउ २५०, राजा च्याउ २८०, रुख टमाटर १५०, कुरिलो १०००, ब्रोकाउली १००, चुकन्दर ७०, जिरीको साग ९०, सेलेरी ३००, पार्सले ७००, पुदिना ३००, गान्टे मुला ९०, इमली १४५, तामा ९०, तोफु ११०, गुन्द्रुक २८०, अदुवा ११०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ५०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) २८०, भेडे खुर्सानी ७०, हरियो लसुन २००, हरियो धनियाँ १३०, चाइनिज सुकेको लसुन ३५०, लसुन सुकेको नेपाली ३५०, छ्यापी सुकेको १४०, छ्यापी हरियो ३००, ताजा माछा (रहु) ३४५, ताजा माछा (बचुवा) २५० र ताजा माछा (छडी २४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (फूजी) २८०, केरा (दर्जन) १५०, कागती १३०, अनार ३५०, हरियो अंगुर २००, सुन्तला (भारतीय) ९०, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ६०, निबुवा ६०, अम्बा १८०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ६०, लप्सी ४०, स्ट्रबेरी भुईऐसेलु ४००, शरीफा २००, किवि २००, आभोकाडो २०० र अमला ५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register