बशर अल-असदबाट सिरिया “मुक्त” भएको विद्रोही समूहको घोषणा

काठमाडौँ। सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया “मुक्त” भएको घोषणा गरेका छन्। विद्रोही फौज राजधानी दमास्कस प्रवेश गरेसँगै राष्ट्रपति बशर अल–असद राजधानी छाडेर भागेको दाबी गर्दै एचटीएसले देश स्वतन्त्र भएको घोषणा गरेको बीबीसीले जनाएको छ । असदले एक विमानमार्फत् दमास्कस छाडेको तर उनी कहाँ गएका हुन् भन्ने प्रस्ट नभएको बताइएको छ। […]

Dec 8, 2024 - 06:47
 0
बशर अल-असदबाट सिरिया “मुक्त” भएको विद्रोही समूहको घोषणा

काठमाडौँ।

सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया “मुक्त” भएको घोषणा गरेका छन्। विद्रोही फौज राजधानी दमास्कस प्रवेश गरेसँगै राष्ट्रपति बशर अल–असद राजधानी छाडेर भागेको दाबी गर्दै एचटीएसले देश स्वतन्त्र भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

असदले एक विमानमार्फत् दमास्कस छाडेको तर उनी कहाँ गएका हुन् भन्ने प्रस्ट नभएको बताइएको छ। सिरियाको राजधानी दमास्कसमा गोली चलेको आवाज सुनिएको समाचारमा उल्लेख छ ।

सिरियाका विपक्षी नेता हदि अल-बहराले अरबीक समाचार संस्था अल-अरबीयालाई असदको शासन ढलेको र “सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको” बताएका छन्। उनले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन्।

एचटिएसका नेताले सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएको बीबीसीले जनाएको छ।

सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल-जलालीले आफू पदमा रहिरहे देशमा सरकारको निरन्तरता कायम राख्ने काम “गर्न सघाउन तयार” रहेको बताएका छन्। आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकायहरू प्रधानमन्त्रीको निगरानीमा रहने उनको भनाइ छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register