आइतबार ४५.९३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार २ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Dec 8, 2024 - 09:31
 0
आइतबार ४५.९३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार २ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३२ करोड ६४ लाख ६१ हजार ५ सय ६९ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आइतबारको बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आजको बजारमा मानुषी लघुवित्तसहित तीन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register