एकपटक चुम्बन गर्दा सर्छ ८ करोड जिवाणु !

काठमाडौं । अहिलेसम्म तपाईंले प्रेमको पछाडि केवल प्रेम वा जोश मात्र देख्दै आउनुभएको होला । तर, जसरी प्रेमको पछाडि विज्ञान काम गर्छ, त्यस्तै चुम्बन वा किसको पछाडि पनि विज्ञान छ । आज हामी तपाईंलाई त्यही विज्ञानको बारेमा बताउँछौँ, जुन फाइदाजनक पनि छ र हानिकारक पनि । मानिसले दिलले मात्र होइन, वैज्ञानिक कारणले पनि किस गर्छन् […]

Dec 8, 2024 - 11:59
 0
एकपटक चुम्बन गर्दा सर्छ ८ करोड जिवाणु !

काठमाडौं । अहिलेसम्म तपाईंले प्रेमको पछाडि केवल प्रेम वा जोश मात्र देख्दै आउनुभएको होला । तर, जसरी प्रेमको पछाडि विज्ञान काम गर्छ, त्यस्तै चुम्बन वा किसको पछाडि पनि विज्ञान छ ।

आज हामी तपाईंलाई त्यही विज्ञानको बारेमा बताउँछौँ, जुन फाइदाजनक पनि छ र हानिकारक पनि । मानिसले दिलले मात्र होइन, वैज्ञानिक कारणले पनि किस गर्छन् ।

जब दुई व्यक्तिले एक–अर्कालाई किस गर्छन्, तब औसतमा ९ मिलिग्राम पानी, ०.७ मिलिग्राम प्रोटीन, ०.१८ मिलिग्राम अर्गानिक यौगिक, ०.७१ मिलिग्राम फ्याट्स र ०.५१ मिलिग्राम सोडियम क्लोराइडको आदानप्रदान हुन्छ । अध्ययनले भन्छ – हरेक एक मिनेटमा २ देखि २६ क्यालोरी खर्च हुन्छ ।

किस गर्दा ३० प्रकारका मांसपेशीले काम गर्छ । जब कसैलाई किस गरिन्छ तब धेरै रासायनिक पदार्थहरू निस्कन्छ, जसले दिमागलाई शान्त राख्न मद्दत गर्छ ।

यति मात्र होइन, यसले तनाव हटाउँछ र मनलाई शान्त राख्छ । तपाईंलाई विश्वास गर्न गाह्रो लाग्न सक्छ तर, किसको क्रममा ८ करोड ब्याक्टेरियाहरू एक–अर्कासँग सेयर हुन्छ ।

किसको क्रममा मानिसहरू एक–अर्काको मुखको किटाणुको सम्पर्कमा आउँछन्, जसबाट उनीहरूको प्रतिरक्षा प्रणाली बढ्छ । किसको अनुभव त्यस्तै हुन्छ जस्तै- बोतलबाट दूध पिउँदा एक बच्चालाई हुन्छ । मानिसका ओठहरू अन्य जनावरहरूभन्दा फरक, बाहिर निस्केका हुन्छन् र तिनमा संवेदनशील नसाहरूको हुन्छ ।

किसको क्रममा हाम्रो शरीरका हर्मोनहरू र न्यूरोट्रान्समिटरहरू एउटा धुने मेसिनजस्तै घुम्न थाल्छ । यसले मेटाबोलिज्मलाई पनि बढाउँछ र मुख, दाँत र गिजाहरूलाई स्वस्थ राख्छ । यसले दाँतहरूलाई बलियो बनाउँछ ।

किसले रक्तचाप कम गर्छ किनभने यसमा खुसीको भाव आउँछ । शरीरमा कुल १२ क्रेनियल नशाहरू हुन्छ, जसमध्ये ६ नशाहरू किस गर्दा सक्रिय हुन्छ र ११२ शारीरिक मांसपेशीहरू संलग्न हुन्छ । छिटो धड्कनका कारण दिमागसम्म थप अक्सिजन आपूर्ति हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register