नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : डा‍.अजयक्रान्ति शाक्य

May 24, 2023 - 02:41
 0
नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : डा‍.अजयक्रान्ति शाक्य
नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : डा‍.अजयक्रान्ति शाक्य

​​​​​​​काठमाडौँ । नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री डा‍ अजयक्रान्ति शाक्यले नक्कली भुटानी शरणार्थी प्रकरण आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पार्नुभएको छ  ।

आज एक विज्ञप्ति जारी गर्दै नेता डा‍ शाक्यले शरणार्थी प्रकरण हिरासतमा रहेर बयान दिएका कसैसँग पनि आफ्नो सम्बन्ध नरहेको उल्लेख गर्नुभएको छ । 

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित भएका समाचारप्रति ध्यानाकर्षण भएको पनि बताउनुभएको छ । 

‘हिरासतमा रहेर बयान दिएका गिरोहका नाइके भनिने आरोपित व्यक्ति मेरा लागि बिलकुलै अपरिचित व्यक्ति हुन् । यस्ता अपरिचित व्यक्तिसँग मैले अहिलेसम्म भेटघाट र संवाद समेत गरेको छैन । यस्तो अवस्थामा यस्ता आधारहीन, भ्रामक र कपोलकल्पित बयान किन र कुन उद्देश्यले ती अभियुक्तलाई बोल्न लगाइयो वा बोल्यो म आश्चर्यचकित छु’, उहाँले भन्नुभयो, ‘मसँग बिलकुलै असम्बन्धित र सरोकार नभएको विषयमा मलाई षडयन्त्रपूर्वक समावेश गरी मेरो चरित्रहत्या गर्न खोजेको स्पष्टै देखिन्छ ।’ 

नेता शाक्यले नक्कली भुटानी शरणार्थी प्रकरण जोडेर आफूमाथि झुटो आरोप लगाएको उल्लेख गर्नुभएको छ । आफूले अहिलेसम्म राष्ट्रका निम्ति गरेका सकारात्मक प्रयासहरूमा कालो धब्बा लगाउने नियतका रूपमा लिएको उहाँले बताउनुभयो । 

नेता शाक्यले आफूमाथि लगाएको आरोपले अचम्मित, मर्माहत र स्तब्ध भएको बताउनुभयो । उहाँले लेख्नुभएको छ, ‘अहिले जुन योजनाबद्ध रूपको झुटो आरोप ममाथि लागेको छ । यसले मेरो राजनीतिक र सामाजिक जीवनमा मात्रै होइन मेरो सरल जीवनलाई पनि भताभुङ्ग बनाउन प्रयासका रूपमा मैले लिएको छु । अहिले मैले नखाएको विषका कारण भोग्नु परेको पीडा कसैले पनि भोग्नु नपरोस् भन्न चाहन्छु ।’ 

नेता शाक्यले आफूमाथि लगाएको भ्रामक र कपोलकल्पित आरोपको भ्रममा नपर्ने पनि सबैलाई आग्रह गर्नुभएको छ । आफू निर्दोष भएकाले विजय हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.