झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शवको पहिचान

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ ।

Feb 22, 2022 - 10:53
 0
झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शवको पहिचान

दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

दमक नगरपालिका– ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दकम–५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ । प्रहरीले खोजी गरे पनि दमकमा उनलाई चिन्ने मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनी दाजुको घरमा गएका र पारिवारिक कारणले हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ । चाँडै घट्नामा संलग्न व्यक्ति सार्वजनिक गरिने निरीक्षक थापाले जानकारी दिनुभयो । गएको बुधबार र बिहीबार धरान ४ को आपगाँछी क्षेत्रको जङ्गलमा दुई वटा झोलामा हाट खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा शव भेटिएको थियो ।

शव पहिचानका लागि प्रहरीले स्केच तस्बिर बनाएर सार्वजनिक गरेको थियो । उक्त घटनामा सङ्घीय प्रहरी इकाई र इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register