दिल्लीका ४० विद्यालयमा बम विस्फोटको धम्की

काठमाडौं । सोमबार बिहान भारतको दिल्ली राज्यका ४० विद्यालयमा इमेलमार्फत बमको धम्की आएको छ । मिडिया रिपोर्टकाअनुसार यसमा मदर मेरी स्कूल, ब्रिटिश स्कूल, सलवान पब्लिक स्कूल, क्याम्ब्रिज स्कूल समावेश छ। धम्कीसँगै सावधानीका साथ सबै विद्यालयका बालबालिकालाई घर फर्काइएको छ । दिल्ली पुलिसले भन्यो, ”बमको धम्कीबारे जानकारी डीपीएस आरके पुरमबाट बिहान ७:०६ बजे प्राप्त भएको थियो […]

Dec 9, 2024 - 05:19
 0
दिल्लीका ४० विद्यालयमा बम विस्फोटको धम्की

काठमाडौं । सोमबार बिहान भारतको दिल्ली राज्यका ४० विद्यालयमा इमेलमार्फत बमको धम्की आएको छ ।

मिडिया रिपोर्टकाअनुसार यसमा मदर मेरी स्कूल, ब्रिटिश स्कूल, सलवान पब्लिक स्कूल, क्याम्ब्रिज स्कूल समावेश छ। धम्कीसँगै सावधानीका साथ सबै विद्यालयका बालबालिकालाई घर फर्काइएको छ ।

दिल्ली पुलिसले भन्यो, ”बमको धम्कीबारे जानकारी डीपीएस आरके पुरमबाट बिहान ७:०६ बजे प्राप्त भएको थियो । त्यसपछि प्रहरी, डग स्क्वाड, सर्चिङ स्क्वाड र दमकलको टोली विद्यालयमा पठाइएको थियो । तर, खोजी गर्दा शंकास्पद केही नभेटिएको प्रहरीले जनाएको छ ।

इमेलमार्फत धम्की दिइएको हो । मेल पठाउनेले बम विष्फोट नगरेको बदलामा ३० हजार अमेरिकी डलर मागेका छन् ।

दिल्लीका विद्यालयमा बमको धम्की आएको यो पहिलो पटक भने होइन । यसअघि मे २०२४ मा पनि १५० भन्दा बढी विद्यालयमा बम विस्फोटको धम्कीसँग सम्बन्धित इमेलहरू प्राप्त भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register